सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने

काठमाडौँ.

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउने उद्देश्यले राष्ट्रपतिले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.