सुचना, समाचार र मनोरन्जन
jaar

आज मंसिर २५ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/

२०८१ मंसिर २५ गते, मंगलबार, १० डिसेम्बर २०२४। मार्ग शुक्लपक्ष दशमी तिथि।

मेष- चु,चे,चो,ला,लि,लु,ले,लो,अ

लामो दुरीको विदेश यात्रा तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था, एनजीओ तथा आईएनजीओमा काम पाउने प्रवल सम्भावना छ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागिदिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धिमूलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष– इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो

सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लाग्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । आर्थिक क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट धन आर्जन गर्न सकिनेछ ।

मिथुन– का,कि,कु,घ,ङ,छ,के,को,हा

आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना छ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ ।

कर्कट– हि,हु,हे,हो,डा,डि,डु,डे,डो

सामाजिक काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाइ प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

सिहं- मा,मि,मु,मे,मो,टा,टि,टु,टे

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोवल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दापछि परिनेछ । प्रेम प्रसङ्गका सम्बन्धमा टाडै रहँदा राम्रो । प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानून सम्वत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।

कन्या– टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुबै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा रमाइलो यात्रा तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङ्गप्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

तुला- रा,रि,रु,रे,रो,ता,ति,तु,ते

विवाद तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भने जस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक– तो,ना,नि,नु,ने,नो,या,यी,यु

अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट आम्दानी बढाउन सकिनेछ । स्कुल, कलेज बैंक तथा वित्तीय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । वंश वृद्धिको योगलाई नकार्न सकिदैन । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

धनु– ये,यो,भा,भि,भु,ध,फा,ढा,भे

माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

मकर– भो,जा,जि,जु,जे,जो,ख, खि, खु,खे,खो,गा,गी

दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । उद्योगमा लगानी बढाउँदा भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढेर अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिससँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ– गु,गे,गो,सा,सि,सु,से,सो,दा

तपाईंबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाईहरु खुशी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशी रहनेछन् ।

मीन – दि,दु,थ,झ,ञ,दे,दो,चा,ची

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन शुशी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

तपाईंको दिन शुभ रहोस् ।

Leave A Reply

Your email address will not be published.