सुचना, समाचार र मनोरन्जन

आज असार १९ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/
२०८१ असार १९ गते | बुधवार ३ जुलाई २०२४। आषाढ कृष्णपक्ष, द्वादशी तिथि, ७ः०२ बजेपछि त्रयाेदशी। कृत्तिका नक्षत्र, ५ः१६ बजेपछि राेहिणी। चन्द्रराशि वृष।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ।  व्यापारमा आंशिक फाइदा उठाउन सकिनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन्।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ।  आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।  पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

तपाईंको दिन शुभ रहोस…….

 

Leave A Reply

Your email address will not be published.