सुचना, समाचार र मनोरन्जन

रसुवा बाढीः ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

काठमाडौँ,

रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले आज बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्।

मन्त्रालयका अनुसार फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेको छ।

अन्य जिल्लाको विवरण यस प्रकार छ:
चितवन:  १७८ जना
नवलपरासी पूर्व:  ११० जना
गोरखा: ४४ जना (विभिन्न मानव अङ्गसहित)
नुवाकोट: ३७ जना
धादिङ:  ३३ जना
तनहुँ:  २८ जना
नवलपरासी पश्चिम: २७ जना
रसुवा:  १२ जना
विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

सम्पर्कविहीनको विवरण

विदेशी नागरिक: ५१७ जना बेपत्ता
नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली: १२७ जना
सुरक्षाकर्मी: नेपाली सेना ४५, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना
स्थानीय: रसुवाबाट १६१ जना र मकवानपुरबाट ६६ जना
कर्मचारी:  भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना
विपद् प्रतिकार्यका लागि देशभर ९,४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ४,२४३, नेपाल प्रहरीका ३,३१८ र सशस्त्र प्रहरी बलका १,८४४ जना खटिएका छन्। उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्।

Leave A Reply

Your email address will not be published.