सुचना, समाचार र मनोरन्जन
IVF New Banner

हिम्तवाली अभिनेत्री रेखा थापा भन्छिन्,‘हिरो मिस भइराख्या छ’

काठमाडौं :

आफ्नो रहेक फिल्ममा अभिनेत्री रेखा थापाले नयाँ हिरोलाई भित्राउदै आएकी छन्। अझ भन्ने हो भने सम्भवतः रेखा फिल्म्स धेरै ‘हिरो’ जन्माउने ब्यानरमा पर्छ। अभिनेत्री थापाले शुक्रबार आफ्नो फिल्म ‘उपहार’को गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा हिरो हराउदै कलाकारको उदय भएको बताईन्।

Safal

उनले भनिन्, ‘अहिलेको जेनेरेसनमा हिरोभन्दा पनि कलाकार स्थापित भइराखेका छन् । जस्तै मुकुन भुसाल भयो, दयाहाङ राईहरु भए । एउटा राम्रो प्रकारको वेभ आएको छ । हिरो मिस भइराख्या छ ।’

IVF Post

उनका अनुसार पछिल्लो समय हिरोहरु पनि आफैं–आफैं झगडा गरेर सकिएको भन्दै बताईन्।  ‘हिरोहरु पनि आफैं–आफैं झगडा गरेर मिस भइराख्या छ । त्यो भीडमा पनि साँच्चिकै हिरोजस्तो देखिने हिरो अहिले आएको मैले महसुस ग¥या छु,’उनले भनिन्।

उनले हिरो भन्ने वितिक्कै भुवन केसी,राजेश हमाल आँखामा आउने गरेको सम्झना गर्दै अहिले दयाहाङ राई,मुकुन भुसाल लगायतका कलाकारको दबदबा रहेको बताईन्।

‘अहिले हिरोको परिभाषा परिवर्तन भएको छ । हिरो भन्नेबित्तिकै हामी त बच्चादेखि भुवन केसीहरु, राजेश हमालहरु हेर्दै आएको । हिरो भन्ने वित्तिकै उनीहरुको चित्र आउँथ्यो,’उनले दश वर्ष अघिका कुरा सम्झदै भनिन्,‘बीचमा अर्को जेनेरेसनमा आउँदा अर्कै अर्कै भयो । हिरोको अभाव खड्किएको थियो । कलाकार त छ्यापछ्याप्ती नै भए अहिले, यो राम्रो कुरा हो।’

Leave A Reply

Your email address will not be published.