सुचना, समाचार र मनोरन्जन

‘पारी त्यो डाँडामा’ गीतको दोश्रो भाग आउँदै, उस्तै भाइरल हुने अनुमान

काठमाडौं :

नेपाली युवापुस्ताले असाध्यै रुचाएको गीत हो ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो । ज्ुन गीत ’२०७१ सालमा ‘भाइरल’ भएको थियो। यतिबेला यो गीतको शब्द सर्वव्यापी रुपमा युवापुस्ताले गाए।

सो साल कुनै हल्ला खल्ला बिना नै रिलिज भएको, नाम नै नसुनिएको निर्देशक अनि खासै लोकप्रिय नरहेका कलाकार अभिनित सिनेमाको ‘लिरिकल’ भिडियो जालमा( पारी त्यो डाँडा’मा रिलिजभएपछि सबैलाई चिनायो। गीत रिलिज भयो गीतले लोकप्रियताका सारा सिमा नाघ्दै लोकप्रियताको कीर्तिमान नै भन्दा फरक नपर्ला। सामाजिक भिडियो सेयरिङ प्लेटफम यूट्यूबसँग विस्तारै अभ्यस्त हुन थालेका नेपाली प्रयोगकर्ताले यसको लोकप्रियतालाई भ्यूजको माध्यमबाट मानक बनाइदिए।

यसरी भाइरल बनेको गीत डेब्यू निर्देशक प्रनव जोशी निर्देशित फिल्म ‘रेशम फिलिलि’ रहेको थियो। गीतको लोकप्रियताले फिल्म दर्शकका लागि सर्वाधिक प्रतिक्षित बन्यो। २०७२ सालको वैशाख ११ गते रिलिज भएको यो फिल्मलाई १२ गतेको भुकम्पले धक्का मायो। राम्रो फिल्मले व्यापार गरिरहेको बेलामा भुकम्पको पराकम्पनले गर्दा निकै हलहरु बन्द भए। यहि फिल्म रिलिजको झण्डै दशक पूरा गर्नै लाग्दा सिक्वलबाट फेरि दर्शकमाझ आउँदैछ .। आगामी फागुन १४ गते रिलिज हुने यो फिल्मको गीत सार्वजनिक हुने तयारीमा रहेको छ। आफ्नो प्रचारका लागि ‘जालमा’ गीतको सिक्वल ल्याउने तयारी निर्माण पक्षले थालेको छ। यसै साता रिलिज हुने यो ‘फेरि जालमा’ गीतको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको छ ।
सार्वजनिक तस्विरमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कडेल फिचर भएको देख्न सकिन्छ। सो तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरीथरीका रंगीन छाताहरुले साजइएको रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ।

यो सिक्वल गीतमा ‘जालमा’को संगीत र गायन टोली एकसाथ फर्किएको छ।गीत कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको हो भने शब्द मानस राजले लेखेका हुन्। यस्तै गायनमा काली र सोमिया बराईली रहेका छन्। गीतको भिडियालाई प्रदिप लामाले कोरियोग्राफी गरेका छन् भने फिल्मलाई लेखक तथा निर्देशन निरोज महर्जनको छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मलाई रौनक विक्रम कडेलले लगानी गरेका हुन्। यस फिल्मका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा रहेका छन्।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ। यो फिल्ममा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.