सुचना, समाचार र मनोरन्जन

फिल्म ‘तान्डवम्’को टिजरमा पहिलो सन्तानको पर्खाइपछिको उताढचढाव

काठमाडौं :

कलरिष्ट जुनिक गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ। शुक्रबार फिल्मको ५७ सकेण्ड लामो टिजर निर्माण पक्षले रिलिज गरेको हो। टिजरमा फिल्मको कथा बारेमा प्रकाश पार्न खोजिएको छ।

टिजरमा फिल्ममामुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने कथा बुझाउने प्रयास गरिएको छ। निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । जसले सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ। फिल्मको डार्क थिममा तयार पारिएको टिजरमा सवैजना प्रमुख पात्रलाई स्थान दिइएको छ।

महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् भने फिल्मलाई हरि घले लामाले खिचेका छन्। सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

Leave A Reply

Your email address will not be published.