सुचना, समाचार र मनोरन्जन

रेसुङ्गा विमानस्थलबाट हप्ताको तीन पटक हवाई उडान हुने

गुल्मी,

गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्ताको तीन पटक हवाई उडान हुने भएको छ ।

यस अघि हप्ताको एक दिन बिहिवार मात्र उडान हुँदै आएकोमा अबदेखि नियमित रुपमा आइतवार, मङ्गलवार र बिहीवारका लागि उडान थप गरिएको नेपाल वायु सेवा निगम रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) सँग भएका दुइ वटा ट्वीनअटर जहाज मर्मत भएसँगै रेसुङ्गा विमानस्थलमा उडान तालिका थप गरिएको हो ।

Leave A Reply

Your email address will not be published.