सुचना, समाचार र मनोरन्जन

‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शो ?

काठमाडौं :

भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ। हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन्।

सिनेमाको हिजो बुधबार गरिएको प्रिमियरको प्रभाव समेत हलले उपलब्ध गराएको शोमा देखिएको छ । यो सिनेमाले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको सिनेमाले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १४ शो र मोफसलमा १८ शो उपलब्ध गराएको छ ।

यता देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच हलमा ५ शो, वान सिनेमाजले ७ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मुभिजले २ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले २ शो, सिने डी सेफले २ शो उपलब्ध गराएको छन् । यदी हलमा दर्शकको चाप बढ्दै गएको खण्डमा विस्तार शो थपिदै जाने विश्वास निर्माण टिमको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।

Leave A Reply

Your email address will not be published.