काठमाडौँ,
सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय गरेसँगै तरङ्ग उत्पन्न भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट, वी च्याट, थ्रेड, इमोसहित २६ सामाजिक सञ्जाल ब्लग गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । तोकिएको समयमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय भएको हो । यद्यपि निर्णय कार्यान्वयनको चरणमा रहेको प्राधिकरणको भनाइ छ ।