सुचना, समाचार र मनोरन्जन

फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर : एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना

काठमाडौं :

नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौं फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मदन थापाको लेखन र निर्देशन छ।

२ मिनेट ३४ सेकेण्डको ट्रेलर थ्रिलर शैलीको छ। ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई देखाइएको छ। एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ।

यसबाहेक ट्रेलरमा जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ ।

Chaka Panja

यही जेठ ३२ गते प्रदर्शनमा आउने फिल्मलाई सेन्सर बोर्डले फिल्मको विषयवस्तु अनुसार १६ वर्ष उमेरभन्दा माथिका दर्शकले मात्र हेर्ने गरी सर्टिफिकेट दिएको छ।

भारतको चेन्नइँमा प्राविधिक कार्य भएको फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ।

चन्दन झा निर्माता रहेको फिल्ममा शरण ऋषिको छायांकन, एनबी महर्जनको द्वन्द्व छ। फिल्मको लाइन प्रोड्युसर प्रकाश हमाल हुन्। डब्बी एटमस साउण्डमा तयार पारिएको फिल्म काठमाडौं र गाईघाटमा छायांकन गरिएको छ।

Leave A Reply

Your email address will not be published.