सुचना, समाचार र मनोरन्जन

छैटौ दिनमा पनि ‘फर्की फर्की र पुजार सार्की’ले हल भरिभराउ

काठमाडौं :

बिहिबारदेखि रिलिजमा आएका दुई नेपाली फिल्म ‘फर्की फर्की र पुजार सार्की’ले राम्रो व्यापार गरिरहेका छन्। रिलिजको छैटौं दिनमा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ।

Chaka Panja

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धी अर्याल लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई रोहित अधिकारी र ओम प्रकाश अग्रवालले लगानी गरेका छन्।

सोही दिन प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। विकास सुवेदीको लेखन रहेको यस फिल्ममा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अन्जना बराइली, परिक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । पल शाह आज दिउँसो चावहिलको केएल टावर पुगेका थिए।

Leave A Reply

Your email address will not be published.