सुचना, समाचार र मनोरन्जन

‘लण्डन टू पेरिस’ बाट साम्राज्ञीको कमब्याक,गरिमाको डेब्यु

काठमाडौं :

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनको संघारमा रहेको छ। यहि जेठको २५ गते आउने तयारीमा रहेको फिल्मका गीत, ट्रेलर र टिजरले दर्शकमाझ उत्साह बढाएको छ।

Pach Pandav

फिल्म प्रदर्शनमा आउन लागेको १० दिन मात्रै बाँकी रहदा निर्माण टिम फिल्मको प्रचारप्रसारमा जुटेको छ। सोमबार काठमाडौस्थित हात्तिसारमा पत्रकार सम्मेलन गर्दै फिल्मका बारेमा जानकारी दिइयो। उक्त पत्रकार सम्मेलनमा उपस्थित भएकी साम्राज्ञी राज्यलक्ष्मी शाहले यो फिल्मबाट आफु निकै उपेक्षित रहेको बताएकी छन् ।

तीन वर्ष अघि निर्माण भएको यो फिल्मको कन्टेन अहिले पनि उतिकै नयाँ रहेको अभिनेत्री शाहले बताईन। उनले यो फिल्मको व्यापार राम्रै गर्नेमा विश्वास व्यक्त गरिन्। अभिनेत्री गरिमा शर्माले फिल्ममा आफुले राम्रै काम गरेको र दर्शकले आफ्नो कामलाई मन पराउनेमा ढुक्क रहेको बताईन। उनले यहि फिल्मबाट पहिलो पटक लण्डन जाने मौका पाएको बताउँदै फिल्ममा काम गर्दाको अनुभव सुनाईन्।

फिल्मका निर्देशक घनश्याम लामिछाने पनि आफुले यो फिल्मको कथा अनुसार नै काम गरेको बताए। उनले स्क्रिप्टमा मागेको सबै कुरा पुरा गरेको र सोही अनुसार फिल्मको छायांकन गरेको दाबी गरे। अहिलेको पुस्ताको माया प्रेमलाई कलात्मक ढंगले फिल्ममा प्रस्तुत गरिएको हुँदा दर्शले रुचाउनेमा आफु विश्वस्त रहेको उनको भनाई थियो। यस फिल्ममा साम्राज्ञी र गरिमाका अलवा निश्चल खड्का,कविर खड्का लगायतका कलाकारको पनि अभिनय छ।

Leave A Reply

Your email address will not be published.