काठमाडौँ,
जेनजी युवा पुस्ताको प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै गृह मन्त्रालयले सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार समाजमा देखिने वा देखिन सक्ने उच्छृङ्खल गतिविधिहरू र अन्य समस्याहरूको सहजीकरणको लागि यो सहायता कक्ष स्थापना गरिएको हो।
सहायक प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, कुनै पनि सूचना, गुनासो, सल्लाह वा सुझाव भएमा मोबाइल नम्बर ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइवरमार्फत जानकारी गराउन सकिनेछ।