सुचना, समाचार र मनोरन्जन

मोडल सजिनाको मौलिक तीज गीत ‘आमाले सुने लुकेर रोलिन’ सार्वजनिक

काठमाडौं :

नारी पर्व नजिकिदै गर्दा अश्लिल र समाजमा उच्छृङ्खल फैल्याउने खालका तीज गीत सार्वजनिक हुने क्रमले तिब्रता पाइरहेको समयमा रञ्जना कडरियाको शब्द, सजिना लामिछानेको संगीत, गायिका सञ्जु न्यौपानेको स्वरमा मर्मश्पर्शी मौलिक तीज गीत ‘आमाले सुने लुकेर रोलिन’ सार्वजनिक भएको छ।

तीजगीत, तीज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर मूलतः महिलाद्वारा गाइने गीत हो । यस्ता गीतमा महिलाका इच्छा–आकांक्षा र अनुभव अभिव्यक्त हुन्छन्। लोक परम्परामा बाँचेका यी गीत पहाडी क्षेत्रका नारीहरूको सामाजिक इतिहासका दस्तावेज पनि हुन्। यी गीतमा बालविवाह,अनमेल विवाह र बहुविवाहले महिलाको जीवनमा ल्याएका समस्या, घरपरिवारबाट भोगेका थिचोमिचो र त्यसबाट सिर्जित दर्दहरूको वर्णन हुन्छ।

प्रचलित तीजगीत परम्परामा जकडिएका महिलाको मुक्तिका निम्ति बाहिरको संसार चियाउने एउटा मौसमी ऐना पनि हो। यस्तै छोरी चेलीको बेदना बोलेको तीज गीत ‘आमाले सुने लुकेर रोलिन’ को भिडियोमा मोडल, संगीतकार सजिना लामिछानेको मूख्य भूमिका रहेको छ। सजिनालाई रञ्जना कडरिया, खादानन्द कडारिया, निरु कडारिया, बासु खनाल, भीमा मैनाली, भुवन भट्टराई, आदिले अभिनयमा साथ दिएका छन् । यसमा मेकअप संगिता महतारा, छायांकन रमित बोहरा, सम्पादन राज धामी, निर्देशन सजिना लामिछानेको रहेको छ।

Leave A Reply

Your email address will not be published.