सुचना, समाचार र मनोरन्जन

‘सालघारी बनमा’ गीत सार्वजनिक, लक्ष्चु र सजिनाको रोमान्टिक रसायन आकर्षक

काठमाडौं :

गायक प्रविन बज्राचार्यको स्वरमा नयाँ प्रेमगीत ‘सालघारी बनमा’ सार्वजनिक भएको छ। गीतले प्रेम, भावना र प्रकृतिको सुन्दर संयोजन प्रस्तुत गर्दै नेपाली संगीतप्रेमीको ध्यान तानेको छ।

शङ्कर ज्वालाको शब्द र दीपेश सिंहको संगीत संयोजन तथा एरेञ्जमेन्टमा तयार गरिएको गीतमा लक्ष्चु र सजिना देउलाको रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोले युवा पुस्ताको प्रेम–रोमान्सलाई स्वाभाविक र भावनात्मक ढङ्गले चित्रण गरेको छ।

गीतको छायांकन बलकुमार मगर, सम्पादन अनिल कुमार मगर, र निर्देशन सुरेन्द्र मानन्धरले गरेका हुन्। सुन्दर लोकेशन, आकर्षक दृश्य र मधुर संगीतको संयोजनमा बनेको भिडियोले दर्शकमा ताजगी र प्रेमको अनुभूति दिने अपेक्षा गरिएको छ। ‘सालघारी बनमा’ गीत हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.