सुचना, समाचार र मनोरन्जन

सलोनको फिल्म ‘रंगी’ को स्क्रिप्ट पुजा गरियो,छायांकन भने पहिलो हप्ताबाट

काठमाडौं :

सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ को स्क्रिप्ट पुजा भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्मको स्क्रिप्ट पुजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायतको उपस्थिति थियो। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । फिल्मको छायांकन आगामी कार्तिक ५ गतेबाट सुरु हुनेछ।

Chaka Panja

निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ। निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ। उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ।

पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ। सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ।

तस्विर : सुरेन्द्र थापा

Leave A Reply

Your email address will not be published.