काठमाडौँ :
गायिका समिक्षा अधिकारीले आफुलाई श्री एयरलाइन्सले बिहानदेखि कुराएर २ बजेसम्म पनि नउठाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिन्।
‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्। केहि दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।’
गायिका अधिकारीको आक्रोशको कमेन्ट बक्समा हो मा हो थप्नेदेखि उनलाई सुझाव दिने देखियो। यो एयरलाइन्स किन चढेको त भन्ने कुरामा समेत देखियो। गायिका अधिकारीले लेखेको स्टाटस सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि हट गायिकाको रुपमा आफुलाई स्थापित गरेकी ज्योती मगरले भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरुले एयरलाइन्सलाई आक्रोश पोखेर भयंङ्क्र ठुलो स्टार सम्झेको भन्दै आक्रोश पोखेकी छन्। उनको स्टाटसको जवाफ दिदैँ आफुलाई भयङ्कर स्टार नठान्न आग्रह गरेकी छन्।
उनी लेख्छिन्,‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आज भोलि अधिकांश एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठुलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ।’
उनले समीक्षा लक्षित टिप्पणी गर्दै फेसबुकमार्फत सम्झाउने प्रयास गरेकी छन्। उनी थप्छिन्,‘कुनै पनि एयरलाइन्सहरुले जानी जानी दुःख दिँदैनन्। एयरपोर्ट सानो छ। अन्तर्राष्ट्रिय उडा देखि डोमेस्टिक उडान एउटै रनवेमा हुन्छ। विभिन्न टेक्निकल कुराहरू हुन्छन् । जहाजहरू उड्न तथा उडाउन पार्किङ गर्न सबै कुराको अनुमति दिने निश्चित निकायहरू हुन्छन् ।’
उनले साझा बस चढेर ड्राइभरलाई बसका स्टाफलाई मन लागि गाली गर्या जस्तो नभएको सुझाव दिदै फलानो एर्लाइन्स ठिक छ फलानो एर्लाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी भएको उल्लेख गरेकी छन्।उनले कलाकारहरुलाई एयरपोर्ट भित्र जहाजको ओरिपरी फोटो खिच्न नपाइने समेत उल्लेख गरेकी छन्।
‘पिलेन तिर फर्केर फोटो खिचेर आफुलाइ भयङ्कर ठूलो व्यस्त कलाकार नदेखाउनु होला,’उनले लेखेकी छन्,‘कलाकार हुनुभन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पे ज्यु हरु…।’
यतिबेला यसैको विषयमा सामाजिक सञ्जाल तातेको छ।