सुचना, समाचार र मनोरन्जन
jaar

समीरले जोगाउलान ‘१२ गाउँ’साख ‘बलिदान’मा

काठमाडौं :

कुनै पनि कलाकारलाई पहिलो पल्ट नै सफलता मिल्यो भने त्यो जोगाई राख्न कठिन हुन्छ। त्यस्तै आइपुगेको छ अभिनेता समीर भट्टलाई । बुबा विराज भट्टको पद्चापलाई पछ्याउँदै ‘१२ गाउँ’अभिनेताका रुपमा डेब्यु गरेका उनले दोस्रो फिल्म ‘बलिदान’मा अभिनय गरेका छन्।

पहिलो फिल्मबाट नै सफल अभिनेता तथा ‘एक्सन स्टार’को रुपमा स्थापित भएका उनलाई दोस्रो फिल्मबाट थप चुनौती खेप्नुपर्ने छ। अझ भर्नौ उनले पहिलो फिल्मको साख दोस्रोमा पनि घट्न दिनुहुँदैन। दुवैलाई व्यालेन्स गर्न जरुरी छ। त्यसका लागि उनलाई दोस्रो फिल्म के हुनेको हो चिन्ताको विषय छ।

आगामी दसैंमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बलिदान’आफुनो लागि चुनौतिपूर्ण रहेको समीरले स्वीकारी सकेका छन्। हालै एक कार्यक्रममा उनले आफु पहिलेभन्दा उत्कृष्ट पर्फमर बन्न जरुरी रहेको बताएका छन्। उनले भनेका छने,‘उत्कृष्ट एक्सन पस्कन सक्ने हुनुपर्नेछ र उत्कृष्ट डान्सर पनि’ उनले दोस्रो फिल्म आफ्नो लागि किन चुनौतिपूर्ण छ।’

उनी नेपाली फिल्ममा छाडेर भारतिय फिल्ममा प्रवेश गर्ने सोच समेत नरहेको दाबी गरेका छन्। समीरले अहिले नेपाली फिल्ममा आनन्द लिइरहेको र तत्काल बाहिरको फिल्ममा काम गर्ने नसोचेको भनाई राखेका छन्।

Leave A Reply

Your email address will not be published.