सुचना, समाचार र मनोरन्जन
jaar

गौमायाको एकपछि अर्को फिल्ममा छलाङ : ‘कबड्डी ४’देखि ‘अभिमन्यु’सम्म

काठमाडौं :

न दर्शकमाझ परिचित,न कुनै चर्चा । तर पनि एकपछि अर्को फिल्ममा व्यस्त छिन ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङ। हिट फिल्म ‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’लगायत फिल्ममा सशक्त अभिनय गरेकी गौमायाले एकपछि अर्को फिल्ममा काम गरिहेकी छन्। हालसालै उनले अर्को फिल्म ‘महाभोज’को छायांकन सकाइसकेकी छन्।

रंगमञ्च पृष्ठभूमिबाट उदाएकी उनले गत वर्ष बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा समेत छनोट भएकी थिइन्। नेपाली दर्शकमाझ उनको जति चर्चा हुनु पर्ने हो त्यति छैन। तर अन्तराष्ट्रिय स्तरमा उनले छलाङ मारेकी छन्। गौमायाले एफएक्स टीभी र बीबीसीले निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टेलिशृङ्खलामा समेत अभिनय गरिसकेकी छन्। अब भने उनले सुशान्त गौतमको निर्देशनमा बन्न लागेको ‘अभिमन्यु’मा काम गर्ने पक्का भइसकेको छ। उनी यस फिल्ममा अनुबन्ध भइसकेकी छन्।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथामा आधारित यो फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने निर्माण पक्षको दाबी छ। सर्बकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गर्न लागेको यो फिल्म आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउँदैछ।

मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि ‘बाटोः रोड टु डेथ’ निर्देशन गरेका थिए। जुन फिल्म समिक्षात्मक हिसावले राम्रो निर्माण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.