सुचना, समाचार र मनोरन्जन
Pdms

ग्लोबल एक्सिलेन्सी अनर–२०२५ : बैंककमा नेपाली कलाकार, पत्रकार र ब्युटिसियन सम्मानित

बैंकक :

थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न ‘दोस्रो ग्लोबल एक्सिलेन्सी अनर, आर्ट म्युजिक एन्ड बिजनेस कन्फरेन्स–२०२५’ मा नेपाली कलाकार, पत्रकार र ब्युटिसियनहरू सम्मानित भएका छन्।

कार्यक्रममा थाइल्यान्डमा रहेका नेपाली भाषी समुदाय, नेपाली गीत–संगीत, भाषा र संस्कृतिको जगेर्ना तथा नेपाल र प्रवासबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको संयोजन गायिका तथा सञ्चारकर्मी सरिता भारतीले गरेकी थिइन्। उनले प्रवासमा रहेका नेपालीहरूलाई जोड्ने उद्देश्यले यसअघि मलेसियामा र अहिले थाइल्यान्डमा सम्मेलन आयोजना गरिएको जानकारी दिइन्।

कार्यक्रममा प्रमुख अतिथि तथा थाई नेपाली संघकी संस्थापक, संरक्षक एवं संस्कृतिविद् प्रा। भारती लिम्बुनीले म्यान्मार र थाइल्यान्डमा रहेका नेपाली भाषीहरूको अवस्था र संस्कृति प्रतिको लगावबारे धारणा राखिन्। उनले यस्तो सम्मेलनले नेपाली र प्रवासीबीचको सम्बन्ध थप बलियो बनाएको बताइन्।

चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय आवाज सुवेदीले नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संघको शाखा विस्तार जापान, युएईपछि थाइल्यान्ड तथा मलेसियामा गर्ने तयारीमा रहेको बताए। संघका सचिव नविन गिरीले प्रवासी नेपालीका समस्या उठाउन मिडियाबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपालबाट अभिनेता श्रीदेव भट्टराईले थाइल्यान्डमा नेपाली म्युजिक भिडियो र चलचित्र छायांकनको सम्भावनाबारे धारणा राख्दै थाई कलाकारहरूसँग सहकार्य गर्ने चाहना व्यक्त गरे।

‘मेरो युनिभर्स डान्स’ विजेता एवं मोडल खुसी कार्कीले थाइल्यान्डमा रहेका नेपाली भाषी कलाकारहरूको अवस्था र नेपालमा आफ्नो मोडलिङ यात्रा तथा मादी हिमालको अनुभव साझा गरिन्।

एभरेस्ट किचन थाइल्यान्डका म्यानेजर श्याम राईले नेपाली मौलिक खानाको प्रवर्द्धनबारे अनुभव बाँडे।

कार्यक्रमको समापनमा पत्रकार तथा गीतकार डब्बु क्षत्रीले म्यान्मारका नेपाली भाषीहरूको जबरजस्ती आप्रवासबारे चिन्ता व्यक्त गर्दै, थाई नेपाली संघ र एनआरएन थाइल्यान्डले प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे।

सम्मानित व्यक्तिहरू
‘ग्लोबल एक्सिलेन्सी अनर–२०२५’ बाट थाइल्यान्डबाट

प्रा. भारती लिम्बुनी

कुमार कार्की ९थाई नेपाली संघका पूर्व अध्यक्ष०
सम्मानित भएका छन्।

नेपालबाट :

श्रीदेव भट्टराई -अभिनेता

विजय आवाज सुवेदी -पत्रकार

नविन गिरी -पत्रकार

हेमन्त शिशिर -गायक

ब्युटिसियनहरूबाट 

विना राना मगर, अध्यक्ष, चेली मेकअप स्टुडियो

अमला शाही अमिसा, व्युटिसियन, चेली मेकअप स्टुडियो

राजेश्वरी शिल्पकार, सञ्चालक, एन्जल ब्युटी पार्लर, बरहथवा

सुजिता अधिकारी, सञ्चालक, सुजिता ब्युटी पार्लर, धादिङ

निरन तामाङ, अध्यक्ष, स्पार्क ब्युटी पार्लर

यस्तै, कलाकार तथा मोडल खुसी कार्कीलाई कार्यक्रममा कदर पत्र प्रदान गरिएको थियो।

 

Leave A Reply

Your email address will not be published.