सुचना, समाचार र मनोरन्जन

समिक्षा अधिकारी र सी डी विजयको ‘जाउ हिडौ बटौली ‘ रिलिज

काठमाडौं :

पछिल्लो समयका चर्चित गायक सीडी विजय अधिकारी र गायिका समिक्षा अधिकारीको युगल स्वरमा सजिएको नयाँ गीत ‘जाउ हिँडौँ बटौली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली संगीत तथा चलचित्रको विकास र प्रवर्द्धनमा सक्रिय अग्रणी संस्था हाइटेक इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतमा सुष्मा सिग्देलको शब्द रचना र अनिल शाहीको संगीत रहेको छ।

गीतको भिडियोमा पछिल्लो समयका चर्चित म्युजिक भिडियो जोडी उषा उप्रेती र प्रभातपाल ठकुरीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन सौरभ लामाले गरेका छन् भने सम्पादन मित्र डी गुरुङ र कलर ग्रेडिङ सुदीप पाण्डेले गरेका हुन्।

Chaka Panja

कोरियोग्राफी र निर्देशन चर्चित निर्देशक कविराज गहतराजले गरेका छन्। भिडियोमा आधुनिक र मौलिकताको समिश्रण झल्किने दृश्य संयोजन गरिएको छ।

संगीतकार अनिल शाही, जसले यसअघि थुप्रै चर्चित गीतहरूमा संगीत दिएका छन्, यस गीतमा संगीत भर्ने मात्र होइन, गायन र मोडलिङमा पनि सक्रिय छन्। उनी गीतारवादनमा समेत पोख्त मानिन्छन्। शाहीले यसअघि केही म्युजिक भिडियोहरू निर्देशन समेत गरिसकेका छन्।

‘जाउ हिँडौँ बटौली’ गीतले श्रोता–दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.