काठमाडौं :
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
साधारणसभाबाट नारायण थापा संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी दिपक शर्मा वरिष्ठ उपाध्यक्ष, सुजाता केसी उपाध्यक्ष, सनम कठायत महासचिव, रिता केसी सचिव, बेनिशा पौडेल महिला सचिव, र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
सदस्यहरूमा मनोज परियार, बिरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी., र प्रज्वल राज भट्ट चयन भएका छन्।
१७ सदस्यीय कार्यसमितिको संरचना रहेको प्रतिष्ठानमा बाँकी दुई सदस्य नयाँ कार्यसमितिले मनोनयनमार्फत चयन गर्नेछ।
कार्यक्रमको अध्यक्षता संस्थाका तत्कालीन अध्यक्ष राजेन्द्र बजगाईंले गरेका थिए भने विशिष्ट अतिथि रूपमा वरिष्ठ गीतकार राजेन्द्र थापा उपस्थित थिए। कार्यक्रममा प्रतिष्ठानका संस्थापक सल्लाहकार राजु सिंह, डाटिका भण्डारी, माधवराज खरेल, डाड्डओम कृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुइटेललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
साधारणसभाका लागि भगवती पाण्डे प्रमुख निर्वाचन अधिकृत र दिपक राई तथा हेमलता जिसी निर्वाचन अधिकृतका रूपमा जिम्मेवारीमा रहेका थिए।
कार्यक्रममा नव-निर्वाचित अध्यक्ष नारायण थापाले हाल गीत–संगीत क्षेत्रमा बढ्दो विकृति–विसंगति नियन्त्रण गर्न, कलाकर्मीहरूमा फैलँदै गएको मानसिक निराशालाई सम्बोधन गर्न तथा श्रष्टा–प्रस्तोता वर्गका लागि स्वास्थ्य बीमा जस्ता सामाजिक कार्यक्रमहरूमा संस्था सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।