काठमाडौं :
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत विभिन्न विधामा विशिष्ट चलचित्रकर्मीहरूलाई सम्मान गरेका छन्।

सालको श्रेष्ठ अभिनेता को रुपमा विजय बराल सम्मानित भएका छन्। उनले फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा देखाएको अभिनय क्षमता र सामाजिक कथावस्तुमा आधारित भूमिकाले निर्णायकको ध्यान खिच्न सफल भएको चलचित्र विकास बोर्डले जनाएको छ। सो फिल्मले व्यावसायिक सफलता पनि हासिल गरेको थियो।
श्रेष्ठ अभिनेत्री को पुरस्कार भने उपासना सिंह ठकुरी ले प्राप्त गरिन्। उनले ‘खुस्मा’ फिल्ममा देखाएको संवेदनशील अभिनय र कथानकसँगको समर्पण निर्णायक कारक बनेको हो। खुस्मा फिल्मको निर्देशन अशोक थापा मगर ले गरेका हुन्।
पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले भने, “नेपाली सिनेमा राष्ट्रिय पहिचानको संवाहक हो। उत्कृष्ट सिर्जनाको सम्मानमार्फत हामी सशक्त सिने(समाज निर्माणमा लागेका कलाकारप्रति कृतज्ञता प्रकट गर्छौं।”
चलचित्र विकास बोर्ड को आयोजनामा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार लाई नेपाली फिल्म उद्योगको ‘सरकारी पहिचान’ मानिन्छ। यस वर्षका विजेताहरूले नयाँ पुस्ताका कलाकारहरूको नेतृत्व गर्दै उद्योगलाई नयाँ ढाँचामा लैजाने संकेत दिएका छन्।
अन्य प्रमुख विधामा विजेता:
-
उत्कृष्ट सम्पादक: भरत रेग्मी (‘पुजार सार्की’)
-
उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (‘पिताम्बर’)
-
उत्कृष्ट लेखन: दीपकराज गिरी (‘छक्का पञ्जा ५’)
-
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: ‘गालय् वन’ (नेपाल भाषा)
-
निर्णायक समिति प्रोत्साहन पुरस्कार: प्रदीप खड्का (‘पुजार सार्की’)
दीर्घ साधना र विशेष योगदान सम्मान
चलचित्रको निरन्तर सेवामा समर्पित व्यक्तित्वहरूलाई समेत यस वर्ष सम्मानित गरिएको छ।
-
दीर्घ साधना सम्मान: लेखक/निर्देशक लक्ष्मीनाथ शर्मा
-
विशेष योगदान सम्मान:
-
प्रेम सुब्बा (कलाकार)
-
देविका वन्दना (गायिका)
-
दीर्घ गुरुङ (छायाकार)
-
अनुप बराल (कलाकार/निर्देशक)
-
परशुराम चौधरी (कलाकार/निर्देशक)
-
सुरक्षा पन्त (कलाकार)
-
नकिम उद्दिन (प्रदर्शक)
-
उत्तम केसी (कलाकार)
-
अन्जु रञ्जितकार (कलाकार)
-
निखिल उप्रेती (कलाकार/निर्देशक)
-
मरणोपरान्त विशेष योगदान सम्मान
-
-
स्व. श्रवण मास्के — वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ को छायाङ्कनका क्रममा निधन भएका प्रकाश व्यवस्थापक मास्केलाई मरणोपरान्त सम्मान गरिएको हो।