सुचना, समाचार र मनोरन्जन

वायुप्रदूषणबाट सुरक्षित रहौँ

सम्पादकीय /

यतिबेला मुलुक वायुप्रदूषणको भीषण चपेटामा परेको छ । नेपाल प्रकृतिले वरदान दिएको देश हो तर वायुप्रदूषण र तुवाँलो सदावहार सास्ती बनेको छ । काठमाडौँ उपत्यकासहित सहरी क्षेत्रको जनजीवन उकुुसमुकुसपूर्ण छ । नागरिक स्वच्छ हावा नपाएर निसासिएको छन् । हामीले फेर्ने सास दिनप्रतिदिन विषाक्त बन्दा समस्या थपिएको छ । काठमाडौँ उपत्यकाको वायुप्रदूषणको मात्रा त विश्वका प्रदूषित सहरहरूको सूचीमा अग्रणी छ । वायुको गुणस्तर मापन गर्ने संस्थाहरूको प्रतिवेदन अनुसार वातावरण कहालीलाग्दो छ । श्वासप्रश्वासका लागि अपरीहार्य वायु नै प्रदूषित भएपछि मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने खतरा देखिएको छ । श्वासप्रश्वास र आँखासम्बन्धी रोगका विरामीका कारण अस्पतालमा चाप बढेको छ । हवाइ उडान प्रभावित बनेको छ । पर्यटन क्षेत्रलाई यसले प्रत्यक्ष प्रभाव पारेको छ ।

अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अनुसार शून्यदेखि ५० सम्मलाई स्वस्थकर मानिन्छ । सयदेखि १ सय ५९ सम्मलाई अस्वस्थकर र दुई सयसम्मलाई अति हानीकार मानिएको छ । विश्व स्वास्थ्य संगठनले ३ सय पुगेको खण्डमा खतरनाक अवस्था मानेको छ । पोखराको वायुकोगुणस्तर २ सयभन्दा माथि पुग्नुले अति अस्वस्थकर मानिएको हो । सम्भवत पोखरा विश्वकै सर्वाधिक वायु प्रदूषित सहरका रूपमा देखिएको छ । यसको मर्म प्रदूषित मात्रै होइन विषाक्त पनि हो । अझ मन्द विषभन्दा फरक नपर्ला । सहरमा बस्ने सर्वसाधारणले आफूले नगरेको गल्तीको सजाय भोगेका छन् । विश्वकै प्रदूषित सहरका रूपमा दर्ज हुनु सम्पूर्ण नेपालीका लागि पीडादायी अवस्था हो ।

वायु प्रदूषित हुनका कारणमध्ये सुख्खा याम, लामो समयदेखि वर्षात् नहुनु, आगलागी र डढेलोका घटना बढ्नु, वायुको बहाव कम हुनु साथै वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी हुनु हो । तुवाँलोको मात्रा बाक्लिएर जमिन सतहमा बसेको छ । हावा नचल्दा र पानी नपर्दा एवम् तुवाँलो नफाट्दा प्रदूषणको ग्राफ झन्झन् बढेको छ । इँटाभट्टा, पुराना सवारी साधनले फ्याँक्ने गन्धवाल कालो धुवाँ, राजमार्ग निर्माणका क्रममा उडेको धुलो धुँवा आदिका कारण वायु विषाक्त हुनुका साथै अस्तव्यस्तको अवस्था सिर्जना भएको छ । वायुको गुणस्तर तिन सयभन्दा माथि पुगेको खण्डमा विपत् घोषणा गरिन्छ । फोहरजन्य वस्तु नजलाउने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग गर्ने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अप्नाउन सार्वजनिक सूचना जारी गरी जनचेतना फैलाउनु पर्छ ।

वायु प्रदूषणले जनस्वास्थ्यलाई मात्रै होइन अर्थतन्त्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । फोक्सोको क्यान्सर, मुटुको रोग, उच्च रक्तचाप र मस्तिष्कघातले नागरिकको धनपैसो खर्च भइरहेको छ । बालबालिका र वृद्धवृद्धालाई वायु प्रदूषण कहर सावित भएको छ । वायु गुणस्तरको सूचकाङ्क ५० लाई सन्तोषजनक मानिए पनि २ सय ९ सम्म एक्यूआई पुग्दा अस्वस्थकर जीवन बाँच्नु परेको छ । छाला र आँखा चिलाउने, आँखा पिरो हुने, रुघाखोकी लाग्ने, एजर्जी हुने, छाती र घाँटी दुख्ने समस्या देखिएका छन् । नागरिक अस्वस्थ्यताप्रति सरकारी चासो र चिन्ता देखिनु अत्यन्त अपरिहार्य छ ।

मुलुकका विभिन्न भागका जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषित बढेको यथार्थ नकार्न सकिदैन् । सवारी साधनले फालेको धूँवा, अस्तव्यस्त सडकको धुलो, फोहर मैला जलाउँदाको धूँवा, इँटाभट्टाबाट निस्केको धूँवा, भान्सामा बालिने दाउरा र गुइँठाबाट निस्कने धूँवा, कृषिजन्य अवशेष बाल्नु प्रदूषणका मुहान हुन् । मुहान् नै फोहर भएपछि समस्या जटिल बन्छ नै । वायु प्रदूषणका कारण अस्पतालमा दम र निमोनियाका विरामीको चाप बढ्दो छ । दीर्घरोगीलाई तनाव भएको छ । हवाइ उडान प्रभावित बन्दा आवागमन ठप्प प्रायः बन्यो । वायु प्रदूषणले जनस्वास्थ्यलाई मात्रै होइन अर्थतन्त्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । फोक्सोको क्यान्सर, मुटुको रोग, उच्च रक्तचाप र मस्तिष्कघातले नागरिकको धनपैसो खर्च भइरहेको छ । बालबालिका र वृद्धवृद्धालाई वायु प्रदूषण कहर सावित भएको छ । वायु गुणस्तरको सूचकाङ्क ५० लाई सन्तोषजनक मानिए पनि २ सय ९ सम्म एक्यूआई पुग्दा अस्वस्थकर जीवन बाँच्नु परेको छ । छाला र आँखा चिलाउने, आँखा पिरो हुने, रुघाखोकी लाग्ने, एजर्जी हुने, छाती र घाँटी दुख्ने समस्या देखिएका छन् । नागरिक अस्वस्थ्यताप्रति सरकारी चासो र चिन्ता देखिनु अत्यन्त अपरिहार्य छ ।

प्रमुख सहर र औद्योगिक प्रतिष्ठानमा वायुको गुणस्तर मापन केन्द्र स्थापनाका लागि कुरा मात्रै भएको छ । व्यवहारमा लागु गर्ने काम भएको छैन् । यसघडी वायुमा कार्बन मोनोक्साइड र नाइट्रस अक्साइड जस्ता मानव स्वास्थ्यका लागि हानिकारक ग्यासको मात्रा धेरै रहेको छ । जसका कारण आँखा पोल्ने, रुघाखोकी लाग्ने, छाला चिलाउने, मुटु, फोक्सो तथा मस्तिष्कमा असर पु¥याउने भएकाले सचेतना फैलाउन आवश्यक छ । सावधानीका लागि सकभर घरमै बस्ने, बाहिर निस्कदा गुणस्तरीय माक्स लगाउने, आगलागी र डढेलो रोकथामका लागि विशेष पहल आवश्यक देखिन्छ । जनसंख्याको चाप भएको सहरमा वायु प्रदूषण रोकथाम सम्बन्धी विशेष कामको थालनी गर्नुपर्छ । थाँतथलो बदल्न सकिदैन नत हावाहुरी र वर्षाद् हाम्रो नियन्त्रण रहन्छ । केवल सचेतना नै यसको उपचार हो । नागरिकप्रतिको उत्तरदायी सरकारले सामान्य उपया अप्नाउन कानुन संशोधन गर्नु पर्दैन्, वैदेशिक अनुदान चाहिँदैन, अदालतको आदेश पर्खनु पर्दैन् केवल इच्छाशक्ति देखाए काफी हुन्छ । अब स्थानीय पालिका र प्रदेश सरकारले पनि वायु प्रदूषण नियन्त्रणका लागि नीति तथा योजना बनाएर कार्यान्वन गर्न ढिला गर्नु हुँदैन ।

सरकारी प्रतिवद्धता र घोषणाहरू केवल कागजी बाघ मात्रै भएका छन् । माखो मार्ने काम भएको छैन् । मुलुकका सहरहरूलाई बस्न लायक, घुम्न लायक र हेर्न लायक नबनाउँदासम्म पर्यटन विकासका ठूलाठूला गफ गरे पनि त्यो केवल किस्सामा मात्रै सीमित रहनेछ । प्रदूषण नियन्त्रणका लागि उठाइएको पेट्रोलियम करको रकम अविलम्व जनहितमा खर्च गर्नु वाञ्छनीय देखिन्छ । वातावरण जोगाउन सुनको थालमा कागजी डलर माग्ने दरिद्र चिन्तनमा सुधार गर्नुपर्छ ।

वायु प्रदूषण र तुँवालोको समस्या न्युनीकरण गर्न सरकारले जनचेतनामूलक कार्यक्रम मात्रै होइन सचेत हस्तक्षेप गरेर अगाडि बढ्नुपर्छ । अटेरी र अवज्ञा गर्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारवाही गर्नुपर्छ । सरकारी प्रतिवद्धता र घोषणाहरू केवल कागजी बाघ मात्रै भएका छन् । माखो मार्ने काम भएको छैन् । मुलुकका सहरहरूलाई बस्न लायक, घुम्न लायक र हेर्न लायक नबनाउँदासम्म पर्यटन विकासका ठूलाठूला गफ गरे पनि त्यो केवल किस्सामा मात्रै सीमित रहनेछ । प्रदूषण नियन्त्रणका लागि उठाइएको पेट्रोलियम करको रकम अविलम्व जनहितमा खर्च गर्नु वाञ्छनीय देखिन्छ । वातावरण जोगाउन सुनको थालमा कागजी डलर माग्ने दरिद्र चिन्तनमा सुधार गर्नुपर्छ । विद्युतीय सवारी साधन प्रयोगको नीति लागु गर्नुपर्छ । नवीकरणीय उर्जालाई प्रयोगमा ल्याउनुपर्छ । जङ्गल विनाश र डढेलो नियन्त्रणमा ख्याल गर्नुपर्छ । नागरिक र राज्यतह दुवैले हातेमालो गरी विषाक्त वातावरणबाट मुक्त हुने उपाय खोज्नु नै भावी पुस्ताका लागि वरदान हो । हामीले सास लिने हावालाई स्वच्छ बनाउन सबैको पहल र प्रयास आवश्यक छ ।

Leave A Reply

Your email address will not be published.