Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साउन १४ गते बिहिबारको राशिफल पढ्नुहोस
- चोट र चुनौती चिर्दै ‘सिन्दुरे जात्रा’को सुटिङ सम्पन्न,‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड टिमको दोस्रो जादु कस्तो होला ?
- सिड्नीमा ‘मालती मंगले’को प्रिमियरमा दर्शकको ओइरो,८ गीत गाएर रामकृष्णले जिते मन
- सौगातले गरे ‘पञ्चमी’ निर्माणको घोषणा, उपन्यासबाटै बन्दैछ साइकोलोजिकल मिस्ट्री थ्रिलर
- दिव्याको ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’जताततै चर्चा,निर्माण टिम हर्षित
- गुरुपुर्णिमाको अवसरमा ‘पार्वती’को दर्शकलाई टिजर उपहार, टिजरमा दिदीभाईको कारुणिक कथा
- गौरी, तृप्ति र रेखाको फिल्म ‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक
- पोखरामा सार्वजनिक भयो प्रोटोन इ.मास ५, सुरुवाती मूल्य २९.९९ लाख
- आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
- नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति
काठमाडौँ,
प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र विपक्षी दलबीच दुई बुँदे सहमति भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतकबीच आज उक्त सहमति भएको हो ।
उक्त सहमतिसँगै अबरुद्ध संसद् सञ्चालन हुने बाटो खुलेको छ । यसअघि प्रतिपक्षी दलहरुले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्न सहयोग पु¥याएका थिए ।
सहमतिको पहिलो बुँदामा भनिएको छ, “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ, उक्त कार्यलाई आयोगले निष्कर्षमा पु¥याउने नै छ । उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।”
साथै दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने उल्लेख छ ।