सुचना, समाचार र मनोरन्जन

सन्जु र पुस्कलको स्वरमा ‘नीलो आकाशैमा बादलु’

काठमाडौं :

गायिका सन्जु न्यौपानेको पछिल्लो गीत ‘नीलो आकाशैमा बादलु’ बजारमा चर्चा बटुल्दै छ। गायक पुस्कल शर्मा र गायिका सन्जु न्यौपानेको स्वरमा रहेको गीत ‘नीलो आकाशैमा बादलु’ मा रमेश परियारको शब्द र संगीत रहेको छ। आशिष अबिरलको संगीत संयोजन रहेको यस गीत राग स्टुडियोमा रेकर्डिङ गरिएको हो । यसको मिक्सिङ आकाश नेपालीले गरेका छन्।

‘नीलो आकाशैमा बादलु’ गीतको म्यूजिक भिडियोमा सन्जु न्यौपाने आफैं अभिनय गरेकी छन्। भिडियोमा सन्जु र लोमश शर्माको जोडी रहेको छ भने आशा भुसाल र सन्तोष पाण्डेको जोडी रहेको छ।

‘नीलो आकाशैमा बादलु’ भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने नितिन वाइबाको कोरियोग्राफी रहेको छ । चक्रबहादुर बरालको छायाँकन एवं विष्णु खड्काको सम्पादन रहेको ‘नीलो आकाशैमा बादलु’ गीतको भिडियो सन्जु न्यौपानेको अफिसयल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.