सुचना, समाचार र मनोरन्जन

शंकरको ‘तेल भिसा’मा विपिन,वर्षा र बृद्धि

काठमाडौं :

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘तेल भिसा’मा कलाकारको अन्तिम टुङ्गो लागेको छ। निर्माण टिमले वर्षा,विपिन र वर्षालाई अनुबन्धित गरेसँगै फिल्मको लाइन अप भएको हो।

फिल्ममा अब विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहने छ । यस फिल्ममा विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं लगानीकर्ता हुन्। निर्देशक घिमिरेले कलाकारसँगै फिल्मको रिलिज मिति समेत घोषणा गरेको छन्। निर्माण पक्षका अनुसार फिल्म आगामी वर्ष भदौ २८ गते रिलिज हुने छ।

निर्देशक घिमिरेका अनुसार फिल्म नेपालसहित डायस्पोरामा एकसाथ रिलिज गरिनेछ। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको फिल्मको छायांकन चैतको दोश्रो साताबाट हुनेछ। ‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुशन प्रजापतीले खिच्ने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.