सुचना, समाचार र मनोरन्जन
jaar

फिल्म ‘सारंग’को नयाँ गीत ‘मेरो बाबा मेरो आमा’ रिलिज

काठमाडौं :

यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’को नयाँ गीत सार्वजनिक भएको छ। आइतबार सार्वजनिक ‘मेरो बाबा मेरो आमा’ बोलको गीतको भिडियो रिलिज भएको हो।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु ऋचा शर्मा, उत्पल झा र आदित्य कार्कीको अभिनय रहेको छ। भिडियोको अन्तिममा आदित्यले गाएको गीतले ऋचा भावविह्वल भएको देख्न सकिन्छ। आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल)को संगीत छ।

कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी लगायतको पनि अभिनय छ।

दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह(निर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.