अरबिन अर्याल,
बिश्व इतिहासमा सार्वजनिक बिदाको परम्परा लामो समय देखि चलिआएको पाईन्छ । जहॉ चाडपर्व, राष्ट्रीय दिबस र केही घटनाहरुलाई आधार मानेर सार्वजनिक बिदा दिने गरिन्छ । हरेक देशमा सार्वजनिक बिदाको सुची मुख्यतः सरकारले निर्धारण गर्ने गर्दछन । जहॉ सरकारी कार्यालय र सार्वजनिक निकायका लागी सार्वजनिक पर्व, चाडपर्व र अन्य बिशेश परिस्थिति र दिनहरुमा बिदा दिने चलन छ ।
नेपालमा गृहमन्त्रालयले प्रत्येक वर्ष सार्वजनिक बिदाको सुची प्रकाशन गर्ने र यो आधिकारिक रुपमा राजपत्रमा प्रकाशित हुने गरेको छ । यस बाहेक पनी बिभिन्न निकायहरु (नेपाल राष्ट्र बैकं , प्रदेश सरकार, स्थानीय सरकार) आदिले आफु र आफु अन्तर्गतका कार्यालयहरुमा बिबिधताको आधारमा पर्ब र ठाऊँ विशेष तोकेर नै सार्वजनिक बिदा दिने गरिएको छ ।
सबैले आ–आफ्नो धर्म , सांस्कृति र परम्पराको अवसरमा बिदा चाहानु गलत नहुन सक्छ तर त्यसको असर राष्ट्रिय ऊत्पादकत्व र समग्र अर्थतन्त्र कती पर्यो वा के हुन सक्छ कसैले मुल्यांकन वा लेखाजोखा गरेको देखिदैन ।
बिश्वमा केहि देशको सार्वजनिक बिदाको सुचीः
देश थोरैमा धेरैमा
ऑस्ट्रेलिया ९ १३
कैनेडा १० ११
चाईना १३ १३
भारत २१ २१
जापान १६ १६
मलेशिया १८ २४
नेपाल ३५ ४३+
साउथ कोरिया १४ १४
बेलायत ८ १०
अमेरिका ७ ११
साप्ताहिक रुपमा नेपालमा हरेक हप्ता ६ कार्यदिन हुन्छ भने अन्य देशमा प्राय ५ कार्यदिन हुन्छ , कुनै कुनै देशमा त ४ कार्यदिन पनि भयको पाईन्छ । अन्य देशमा hourly कार्य सम्पादन सिफ्ट अनुसार हरेक दिन हुन्छ र सरकारी कामकाज बाहेक अन्य अर्थव्यवस्था आफ्नै गतिमा चलिरहेको हुन्छ ।
बर्तमान र इतिहासको कुनै पनी कालखण्डमा भय गरेका राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका सम्बाहकको ऊचित सम्मान र संरक्षणलाई नजÞर अन्दाजÞ गर्न त सकिदैन तर सार्वजनिक बिदा दियर मात्र दायित्व बाट टाढिन खोजिनु ऊचित नहुन सक्छ । अझ बेला बेला दिईने आकस्मिक सार्वजनिक बिदाले त झन कार्य सम्पादन र सार्वजनिक सेवामा ठुलो असर परेको छ ।
सबैका आ–अफ्ना व्यक्ति बिशेषका विश्लेषण र तर्क हुन सक्छन तर समग्र विश्व अर्थतन्त्र र ऊत्पदकत्वलाई आधार मानेर हेर्ने हो भने तिनै देशको ऊत्पादकत्व र अर्थव्यवस्था बलियो पाईन्छ जहाँ सार्वजनिक बिदा कम र कार्यव्यवस्था नेपालको भन्दा फरक छ । बिदा उपभोग गर्दा त आन्नद नै महशुस होला तर समग्रमा सार्वजनिक बिदाले आर्थतन्त्रमा नकारात्मक असरनै पारेको छ ।
जसले ऊत्पादकत्व र कुल गृहस्थ ऊत्पादनमा ह्रास मात्र ल्यायको छैन पर–निर्भरता पनि बढाएको छ । नेपालमा पनि बेला बेलामा साप्ताहिक ५ कार्य दिनको असफल प्रयोग र यसका कारक तत्वको चर्को बहस नचलेको पनि हैन तर नियत र अर्थव्यवस्था चलायमान गराऊने अस्पष्ट बैकल्पिक कार्यदिशा र कार्यक्रम नै असफलताको मुख्य जड हुन ।
अर्को पाटोमा सार्वजनिक बिदालाई अर्थतन्त्रका अन्य खम्बा (पर्यटन र व्यवसाय) सगं नजोडिनु अर्को कारण हुन सक्छ । जसमा खर्च गर्ने परिपाटी र बानिको बिकास नहुनु, खर्च प्रेरेरित अर्थव्यवस्था नहुनु पनि हुन सक्छ । बिदा र खर्च जस्तै खर्च र अर्थतन्त्रको पनि अनिन्यश्रीत सम्बन्ध रहेको कुरा नकार्न सकिन्न ।