सुचना, समाचार र मनोरन्जन

सौगात थापाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

देशमै भविष्य खोज्ने पुस्ताको प्रतिनिधि बन्दै

पोखरा,

युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थापाले ३५ वर्षमुनिको युवा क्लस्टरअन्तर्गत खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेका हुन्।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष थापा व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा सक्रिय छन्। उनले व्यावसायिक क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक तथा सामाजिक जिम्मेवारीसँग जोड्दै पार्टीको नीति निर्माण तहमा युवाको सहभागिता बढाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

थापाले नेपालमै बसेर लगानी, उद्यम र रोजगारी सिर्जना गर्ने युवाको आवाजलाई पार्टीको निर्णय प्रक्रियासम्म पुर्‍याउन आफूले भूमिका खेल्ने बताएका छन्। युवालाई उद्यमशीलतासँग जोड्ने, निजी क्षेत्रको अनुभवलाई नीति निर्माणमा उपयोग गर्ने तथा आर्थिक विकासका विषयलाई राजनीतिक बहसको प्राथमिकतामा राख्ने उनको भनाइ छ।

Chaka Panja

कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। सोही युवा क्लस्टरअन्तर्गत थापाले खुलातर्फ उम्मेदवारी अघि सारेका हुन्।

व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका थापाले कठिन परिस्थितिमा पनि आफ्नो व्यवसायिक यात्रा निरन्तर अघि बढाएका छन्। आफ्नो अनुभवलाई अब राजनीतिक नेतृत्वमार्फत समाज र मुलुकको आर्थिक विकासमा उपयोग गर्ने उनको दाबी छ।

उम्मेदवारी घोषणा गर्दै थापाले अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सोचबीच समन्वय आवश्यक रहेको बताएका छन्। पार्टीलाई समयअनुकूल बनाउँदै युवाको सहभागिता, प्रविधिको प्रयोग, उद्यमशीलता र आर्थिक विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।

थापाको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व र उद्यमशील पृष्ठभूमिबाट आएका उम्मेदवारको सहभागिताबारे पनि चर्चा सुरु भएको छ।

Leave A Reply

Your email address will not be published.