सुचना, समाचार र मनोरन्जन

सेती नदिको सिग्नेचर पुल फागुनभित्र सम्पन्न होला त ?

पोखरा, 
पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुल आगामी फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको ६४ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको जानकारी दिए ।

चाइना पुलको तल र माथि दुईवटा सिग्नेचर पुल निर्माणधिन छन् । तलपट्टिको पुलको निर्माण असोजभित्र निर्माण गर्ने योजना रहेको उनले बताए । माथिपट्टिको पुलमा भने मुख्य संरचनाको काम अझै सुरु भएको छैन । त्यसका लागि चारवटा टावर भने निर्माण भइसकेका छन् ।

‘चीनबाट सामान ल्याउन ढिलाइ भएकाले काम सुस्त भएको हो । अहिले सबै सामान आइसकेको छ । निर्माण कार्यका लागि अब कुनै अवरोध पनि छैन । निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न गर्ने अपेक्षा छ,’ कुँवरले भने ।

दोस्रो पटक म्याद थप
छ लेनको यो सडकमा निर्माणाधीन पुलको निर्माण अवधि दोस्रो पटक थप गरि २०८३ फागुन २१ गतेसम्म पुर्याइएको छ । २०८० कात्तिक २६ मा शिलान्यास गरिएको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत एक अर्ब सात करोड लागतमा २०७९ भदौ २६ मा एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।

‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुलको लम्बाइ १९०/१९० मिटर रहने छ भने चौडाइ ११/११ गरी २२ मिटर हुनेछ । दुवैतर्फ २८ देखि ३५ मिटर गहिरा ३०/३० वटा गरी तलमाथि सम्पूर्णमा १२० वटा पाइल रहने छन् । चाइना पुलसहित ६ लेनको पुल हुनेछ । नेपालकै नमूना सिग्नेचर’ पुल बन्ने गरी आयोजनाको दाबी छ ।

Leave A Reply

Your email address will not be published.