सुचना, समाचार र मनोरन्जन

१ देखि ९ कित्तासम्मको सेयर किनबेच सहज गरिँदै

काठमाडौँ,

सेयर बजारमा हाल लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्तासम्म सेयर बसेको छ भने थप १० वा त्यसभन्दा बढी सेयर किनेर एकमुष्ठ बेच्नुपर्ने बाध्यता छ । यो समस्यालाई अन्त्य गर्नको लागि १० कित्ता भन्दा कम भएको सेयर बेच्न मिल्ने व्यवस्था गर्न लागिएको हो । यसले गर्दा लगानीकर्ता दोहोरो, तेहरो ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता छ ।

कम्पनीहरूले दिने बोनस सेयर, हकप्रद सेयर वा पहिले झुक्किएर पूरा सेयर बिक्री नहुँदा एकल सेयर संख्या डिम्याट खातामा बस्ने गर्छ ।

मुख्यतः सेयर बिक्री गरिसकेपछि आउने बोनस सेयरका कारण अधिकांश लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्ता सेयर थन्किरहेको छ । यस्तो सेयरले पोर्टफोलियो भद्रगोल देखिने, थप लाभबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।

कुनै कम्पनीले १० प्रतिशत बोनस सेयर दियो, यदि डिम्याट खातामा ४र५ कित्ता मात्रै सेयर बसेको छ भने त्यस्तो सेयरमा बोनस पाइँदैन, बेच्न पनि पाइँदैन, मूल्य समायोजन हुँदा घट्न जान्छ ।

वर्षौंदेखि रहेको यो समस्या अब भने छिट्टै हल हुने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले छिट्टै नै मार्केट डेप्थमा देखिने गरी १ देखि ९ कित्तासम्मको सेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

Leave A Reply

Your email address will not be published.