सुचना, समाचार र मनोरन्जन

शेर्पा संघ अध्यक्षमा पाल्मु शेर्पा

काठमाडौं :

लोपप्रिय गायिका पाल्मु शेर्पा शेर्पा कलाकार संघको तेश्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकी छन्। शनिबार भएको अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

नेपाल शेर्पा संघको भवन काठमाडौमा सम्पन्न अधिवेशनले लोकप्रिय गायिका शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्ष छोङबा शेर्पा, महिला उपाध्यक्ष छोकी शेर्पा, महासचिव सोनतेन्जी शेर्पा, सचिव दाबुटी शेर्पा र कोषाध्यक्षमा पेमा याङजी शेर्पा चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा दावा शेर्पा, माया शेर्पा, छिरिङ शेर्पा, ङावाङ जी शेर्पा, मिङमा शेर्पा लगायत छनौट भएको प्रवक्ता सोनाम याङजी शेर्पाले बताए।
पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा निवर्तमान अध्यक्ष कुंगा शेर्पाले संस्थाको प्रगती र आफ्ना कार्यकालमा भएका प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए। महासचिव ल्हमु शेर्पाले संघको वर्तमान अवस्था र भावी रणनीति योजना प्रस्तुत गरेका थिए।

शेर्पा जातिको भाषा, धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्दै कलाकारिता मार्फत समाज रुपान्तरणमा लागि परेका कलाकारहरुलाई एकताबद्ध गराई अग्रसरता देखाउने र शेर्पा कलाकारहरुको हकहित र अवसरहरुका लागि पैरवी गर्ने हेतुले सात बर्ष अघि संघ स्थापना भएको थियो।
अध्यक्षमा निर्वाचित भएपश्चात पाल्मु शेर्पाले कलाकारहरुलाई एकजुट बनाउँदै संस्थागत विकास र कलाकारहरुको उज्वल भविष्यका लागि समेत दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताएकी छन्।

Leave A Reply

Your email address will not be published.