सुचना, समाचार र मनोरन्जन

नयाँ फिल्मको तयारीमा जुटे शोभित,६० प्रतिशत छायांकन अस्ट्रेलियामा,बाँकी नेपालमा

काठमाडौं :

सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ फिल्म निर्माण हुने भएको छ। तत्काल नाम नखुलाउने तर्समा उनले नयाँ फिल्मको थालनी गरेको हुन्। यस फिल्मको प्रस्तुतकर्ता ए टु जेड क्लिनिङ सप्लायर्स ‘अस्ट्रेलिया’ का तर्फबाट कृष्ण थापा रहनेछन्। निर्देशक बस्नेत र थापाबीच कागजी सम्झौता भएको छ। निर्देशक बस्नेतले फिल्मको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गर्ने बताए।

फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले नै गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह–निर्मातामा हिमाल भण्डारी रहेका छन्। क्यामेरामा सौरभ लामा र द्वन्द निर्देशन हिमाल केसीको रहनेछ। यसै फिल्ममार्फत केसी फिल्मको काममा फर्कन लागेका हुन्। पछिल्लो समय उनले फिल्म पिताम्बरमा काम गरेका थिए। फिल्मको छायांकन ६० प्रतिशत अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको जुम्लामा गरिने तय भएको छ। कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै फाइनल गरिने जनाइएको छ।

निर्देशक शोभित बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारी गरेका छन्। सो टुर सकिएलगत्तै चलचित्रको छायांकन सुरु गरिनेछ। अस्ट्रेलियाबाट ‘पि आर’फिल्मका केही कलाकार दोहोरिने जानकारी दिइएको छ। साथै, फिल्ममा दुई अभिनेता र दुई अभिनेत्री रहनेछन्। तीमध्ये एक अभिनेता र एक अभिनेत्री चर्चित अनुहार हुने निर्देशक बस्नेतले बताए।

Leave A Reply

Your email address will not be published.