Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उद्देश्यसहितको नेतृत्व र प्रभावशाली प्रस्तुतिबारे पोखरामा प्रशिक्षण हुदैँ
- विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
- विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
- विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
- गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
- फोहरबाट रोजगारी र आम्दानी
- भारतले कडाइ गरेपछि इलामका चिया उद्योग समस्यामा
- सञ्चारिका गण्डकीको पहिलो कार्ययोजना: आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण
- दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
- परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छिन । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘राष्ट्रिय लैङ्गिक परिक्षण कार्यविधि(२०८२’ को परिमार्जित मस्यौदा स्वीकृत गर्ने निर्णय गरिन ।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धकसमेत रहेकी मन्त्री श्रेष्ठले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी हुन । उनी संयुक्त राष्ट्रसङ्घको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटिपी)की राष्ट्रिय परियोजना संयोजकसमेत थिईन ।