काठमाडौं :
फिल्म ‘ऊनको स्वीटर’मा समावेश गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ। पुर्वेली भाका र लवजमा गाउँदै आएकी लिम्बूले यस पटक ‘कर्नाली सलल’ बोलको गीत गाएकी छन्।
उनले आफ्नै झुमा नामटक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्। कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन्। उमेरमै माया–प्र्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो।
कर्णालीका स्थानीयले बोल्ने शब्द प्रयोग गरिएको र सोही क्षेत्रको टोन रहेको गीतले बोलचाल र हासखेल गर्नु नै राम्रो रहेको बताउँछ। गीतमा हर्क साउदको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ । गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय छ। कृजन महतले भिडियो निर्देशन गरेका छन्।
निकै सशक्त देखिएको भिडियोमा कलर ग्रेडिङ पनि राम्रो देखिएको छ। यो गीत झुमाले करिब दश वर्षदेखि गाउँदै आए पनि भिडियो भने अहिले निर्माण भएको हो।