सुचना, समाचार र मनोरन्जन

नेपाली र भोजपुरी भाषाको फ्युजन: श्याम प्रसाद सुवेदीको ‘आधा नेपाली आधा भोजपुरी’ सार्वजनिक

काठमाडौँ :

नेपाली र भोजपुरी भाषाको सम्मिश्रणमा तयार पारिएको गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। तृष्णा फिल्मस् नेपालको प्रस्तुतिमा तयार पारिएको यस गीतको शब्द, संगीत तथा स्वर स्वयम् गायक सुवेदीकै रहेको छ भने संगीत संयोजन सन्तोष प्रगाढले गरेका हुन्।

बारा जिल्लाको कोल्बी बजार तथा आसपासका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको यस भिडियोको निर्देशन कृष्ण राजभण्डारी (एसक्यू) ले गरेका हुन्। केशव अधिकारी खत्रीले छायांकन गरेको भिडियोमा मोडल अग्नि राना मगर र दिब्या बयलकोटीको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियो निर्माणमा प्रकाश भट्ट र पार्वती सुवेदीले सहयोग गरेका छन् भने व्यवस्थापन इन्द्र बस्याल र मेकअप ज्योति सोनामले सम्हालेकी छन्।

यसैबीच, उक्त गीतको लोकार्पण कार्यक्रम सोमबार काठमाडौँको सिन्की भान्छा घरमा सम्पन्न भएको छ। चलचित्र निर्देशक बिमल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार शिव लम्साल, डीभी पराजुली र सर्जक विजेन्द्र नौबागे लगायत कलाक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले नेपाली र भोजपुरी संस्कृतिको मिठास समेटिएको यस गीतले दुई भाषाको संयोजनमार्फत स्रोतालाई फरक स्वाद दिने भन्दै सफलताको शुभकामना व्यक्त गरे।

भिडियो निर्माणको प्राविधिक पक्षमा चार्ली केसी, देवेन्द्र कार्की, डेनी लामा, सन्तोष पराजुली तथा आर यन ओस्तीको योगदान रहेको छ। दुई भाषा र संस्कृतिको सम्मिश्रण रहेका कारण यस गीतले दर्शक तथा स्रोतामाझ विशेष स्थान बनाउने विश्वास निर्माण टिमले लिएको छ।

Leave A Reply

Your email address will not be published.