सुचना, समाचार र मनोरन्जन

भिडियो क्राफ्ट नेपालबाट सार्वजनिक भयो सुवर्ण कुमारको ‘माया बनेर’

काठमाडौँ :

गायक सुवर्ण कुमारले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘माया बनेर…’को भिडियो सार्वजनिक गरेका छन्। उनले यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युब च्यानलबाट बजारमा ल्याएका हुन्। गायक सुवर्णले यस गीतमा महिला स्वरका लागि एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरेका छन्, जसलाई उनले एआई प्रविधिसँगको आफ्नो नयाँ प्रयोग भएको बताएका छन्। गीतमा पुरुष स्वरका साथै संगीत र शब्द रचना पनि स्वयम् सुवर्ण कुमारकै रहेको छ।

यो गीतको भिडियोमा कलाकारहरू शिव राउत, सञ्जिता केसी, अशोक राना मगर, रश्मी सुन्दास, ईश्वर थापा र चन्द्र मगरको अभिनय देख्न सकिन्छ । प्रेममा उत्पन्न हुने शंका र त्यसले निम्त्याउने समस्यालाई भिडियोको मुख्य कथा बनाइएको छ। गीत वियोगान्त भावको सुनिए तापनि भिडियोमा भने प्रेमी जोडीको मिलन गराएर सुखद अन्त्य गरिएको छ।

भिडियो क्राफ्ट नेपालबाट सार्वजनिक गरिएको यस भिडियोलाई मनराम केसीले निर्देशन गरेका हुन्। अशोक राना मगर निर्माता रहेको यस गीतको भिडियोको सम्पादन तथा छायांकन एस कुमारले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.