सुचना, समाचार र मनोरन्जन

सिक्लेस बासीले हेरे चलचित्र “झिङ्गे दाउ”

स्थानीय सभाहलमा माघ ७ गते देखाइएको सिनेमा हेरेर धेरै जसो भावुक बने । कतिले आँशु निकाले त कति खुशी हुँदै प्रफुल्लित भए । पहिलो पटक त्यो प्रोजेक्टर मार्फत हलमा जस्तै सिनेमा हेर्ने पाउँदा स्थानीय खुशी थिए । करिब ३ देखि ४ सयको संख्या हलमा उपस्थित थियो । गत वर्ष सर्वाधिक रुचाइएको सिनेमा सिक्लेसमा देखाउदा सबैको मुहारमा हाँसो थियो ।

पोखरा /

कास्की जिल्लाको पर्यटकीय गाउँ हो सिक्लेस । जहाँका बासिन्दा अक्सर व्यवसायमा नै तल्लिन छन् । होमस्टे र होटल व्यवसायमा लाग्दा सिनेमा हेर्ने समय उनीहरुलाई जुरेको छैन । कतिले त सिनेमा हल समेत देख्न पाएका छैनन् । सिनेमा हल देख्न नपाए पनि सिक्लेस बासीले भने “झिङ्गे दाउ” हेर्ने अवसर पाए । चलचित्र पत्रकार संघ कास्कीले माघ ६ देखि ८ गते सम्म आयोजना गरेको सिनेमा संवाद सिक्लेस कार्यक्रमको दोस्रो दिन सिक्लेसका बच्चा देखि बुढासम्मले सिनेमा हेरे ।

Gokarna Karki

स्थानीय सभाहलमा माघ ७ गते देखाइएको सिनेमा हेरेर धेरै जसो भावुक बने । कतिले आँशु निकाले त कति खुशी हुँदै प्रफुल्लित भए । पहिलो पटक त्यो प्रोजेक्टर मार्फत हलमा जस्तै सिनेमा हेर्ने पाउँदा स्थानीय खुशी थिए । करिब ३ देखि ४ सयको संख्या हलमा उपस्थित थियो । गत वर्ष सर्वाधिक रुचाइएको सिनेमा सिक्लेसमा देखाउदा सबैको मुहारमा हाँसो थियो ।

रमणीय ठाउँ भएर पनि सिक्लेस ठूलो पर्दामा खासै अटाउन सकेको छैन । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको कार्यक्रम बाट अब सिक्लेस पनि ठूलो पर्दामा अटाउने छ भन्ने विश्वास आम सिक्लेसबासीले गरेका छन् । सिनेमा हेरिरहँदा स्थानीय मध्ये एकले भावुक हुँदै भने,“हामीले कहिल्यै यसरी सिनेमा हेरेका थिएनौं । आज आफ्नै गाउँको सभाहलमा बसेर नेपाली सिनेमा हेर्न पाउँदा खुशी लाग्यो । चलचित्र पत्रकार संघ कास्कीलाई धेरै धन्यवाद ।”

मादी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देवीजंग गुरुङले झिङगे दाउ सिनेमा हेरिसकेपछि स्थानीयमा आशा जागेको उल्लेख गरे । “गाउँमै सिनेमा हेर्न पाउँदा स्थानीय दाजुभाई दिदीबहिनीहरु खुशी छन् । यसले नेपाली सिनेमा हेर्ने बानीको विकासमा ठूलो टेवा पुग्ने विश्वास छ । हल नभएका गाउँमा यसरी नै नेपाली सिनेमाहरु देखाउनु पर्छ ।’, उनले भने ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारीले चलचित्र विकास बोर्डको समन्वयमा हल नभएका गाउँमा नेपाली सिनेमा देखाइएको जानकारी गराए । उनले सिनेमा हेर्ने बानीको विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण सफलता मिल्ने उल्लेख गरे । आगामी समय पनि अन्य गाउँमा समेत चलचित्र विकास बोर्डसँगै सहकार्य गरेर सिनेमा देखाइने उनले बताए ।

Leave A Reply

Your email address will not be published.