सुचना, समाचार र मनोरन्जन

सिन्धुली कार दुर्घटनाः चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् ।

फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा। प्र। ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.