सुचना, समाचार र मनोरन्जन

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

 

काठमाडौं : विष्णु माझीको नयाँ गीत  ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक गरेकी छन्।

 

सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन्।

 

विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरा कथा र वेदना बोकेका हुन्छन्। ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ।

 

गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ। यस गीतको सिर्जनामा पनि माझीको सदाबहार टिमकै निरन्तरता छ। गीतका रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी नै हुन्।

 

भिडिओमा गत वर्षको चर्चित गीत ‘आइनँ आमा यो तीजमा’ मा अभिनय गरेकी मोडल ललिता पौडेल छन्। मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई एकसाथ नचाइएको छ।  शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन्।

Leave A Reply

Your email address will not be published.