सुचना, समाचार र मनोरन्जन

‘यहीँ हो मेरो थुतुनो’ भन्दै स्टाइलिश अवतारमा आइन शिलु

काठमाडौ :

नेपाली नारीहरुको महान चार्ड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन्। यसै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो’ तिज गीत सार्वजनिक भएको छ। बाबुराम बिश्वकर्माको शब्द, खुमन अधिकारीको लय सिर्जना रहेको यस गीतमा शिलुलाई खुमन अधिकारीले साथ दिएका छन्।

Chaka Panja

शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन् । भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई,जेरि भण्डारी, जुनु एसडि, श्रीपोखरेल,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ। रमाइलो र ठट्यौली शब्दमा तयार भएको यस गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.