सुचना, समाचार र मनोरन्जन

‘वल्र्ड राइजिङ स्टार २०२४’का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा ‘सान्नानी’

काठमाडौं :

जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा रहेको गीत ‘सान्नानी’को भिडियो सार्वजनिक भएको छ । लोयाङ १० औं ‘डीएसए सिङ्गिङ स्टार’ पनि हुन् । गीतमा एरिक विश्वकर्माको शब्द, संगीत छ । गीतमा विराज गौतमको एरेन्ज छ।

Chaka Panja

रसिक राजको निर्देशन रहेको भिडियोमा नवौं ‘डीएसए प्री–टीन डान्सिङ स्टार’ प्रिन्सु रेग्मी, नवौं ‘डीएसए डान्सिङ स्टार’ युना सिंह ठकुरी, दशौं ‘डीएसए जुनियर डान्सिङ स्टार’ बाटिका बिजुक्क्षे, दशौं ‘डीएसए मिनि डान्सिङ स्टार’ दिव्या नेपाली, बाह्रौं ‘डीएसए प्री–टिन डान्सिङ स्टार’ सिम्रिका श्रेष्ठ र लोयाङ फिचर्ड छन्।

भिडियोमा अनिशा खत्रीको कोरियोग्राफी, अभिषेक श्रेष्ठको संयोजन, पिंकी तामाङको मेकअप, विकास सिटौलाको छायांकन छ। परिवर्तन इभेन्ट हाउसको युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । हाउसले बालबालिकाहरु ‘डीएसए स्टार’को विजेतावापत उपहार स्वरुप यो भिडियोमा अभिनय र गायनको अवसर पाएको जनाएको छ । भिडियोको निर्माण परिवर्तन इभेन्ट हाउसले नै गरेको हो।

Leave A Reply

Your email address will not be published.