सुचना, समाचार र मनोरन्जन

गायक अर्जुनलाई ‘टेन्सन भको छ’

काठमाडौं :

संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ। संगीतका विभिन्न विधा हुन्छन् । विशेष गरी संगीतलाई पप, आधुनिक, लोक, लोकपप लगायतका विधामा विभाजन गरिएको छ। त्यस्तै, संगीत सागरको दुनियाँमा प्रवेश गरेका गायक अर्जुन पौडेलको स्वरमा ‘टेन्सन भको छ’ को लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ।

Chaka Panja

विगतमा चर्चित गीतहरु आफ्ना श्रोतामाझ पस्किसकेका गायक अर्जुन पौडेललाई ‘टेन्सन भको छ’मा लोकप्रिय गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन्। राजनराज शिवाकोटीको शब्द, संगीत रहेको यस गीतमा मिक्सिङ, माष्टरिङ किशोर थापा र एरेञ्ज माहाराज थापाको रहेको छ।

सुन्ने भन्दा पनि हेर्ने गीतको प्रचलनलाई मध्यनजर गर्दै ‘टेन्सन भको छ’को म्युजिक भिडियो निर्माण गर्ने गायक पौडेलले बताए। उनले आफ्ना अघिल्ला सिर्जनाहरु झै यो गीत पनि श्रोताहरुले मन पराउने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.