सुचना, समाचार र मनोरन्जन

‘बुलाकी’का निर्देशकको ‘कल्ली’मा बेनिशा र पल जोडी

काठमाडौं :

यहि साउन ३२ गते अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’का निर्देशकले नयाँ फिल्मको घोषणा गरेका छन्। लक्ष्मण सुनारले आफ्नै लेखक तथा निर्देशनमा ‘कल्ली’निर्माणको घोषणा गरेका हुन्।

यो फिल्म रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयस फिल्मलाई महेश दवाडीले पटकथा तथा संवाद लेखेका हुन्। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।

यो फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेत्री बेनिशा हमाल र अभिनेताका रुपमा पल शाहलाई समेत अनुबनध गरेको छ। मंगलबार निर्माण पक्षले फिल्मको पहिलो तीन लुक्स सार्वजनिक समेत गरेको छ। जुन उनीहरुको फिल्मको गेटअप हो।

तीन पोस्टरमध्ये दुई वटामा पल शाहलाई रिसाहा अवतारमा देखिएका छन् भने बेनिशा नर्मल छिन्। हातमा अग्नि बोकेकी बेनिशाको गेटअपमा छिने भने अर्कोमा रोइरहेको देख्न सकिन्छ।

आगामी चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा गरिएको यो फिल्मको पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन्। फिल्मको फस्ट लुक्स र प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मको सुटिङ भने अन्योलमा रहेको छ। सुटिङ नै नगरी प्रदर्शन मिति घोषणा भएको छ।

Leave A Reply

Your email address will not be published.