सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘सूचनाको प्रभाव’ पुस्तक सार्वजनिक

पोखरा,

पोखरामा ‘सूचनाको प्रभाव’ नामक पुस्तक सार्वजनिक गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरूले सूचना पाउनु प्रत्येक नागरिकको मौलिक हक भएको बताएका छन्। नागरिकले कुनै पनि सार्वजनिक विषयमा सूचना माग गरेमा सम्बन्धित निकायले कानुनअनुसार सूचना उपलब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिए।

वक्ताहरूका अनुसार नागरिकले लिखित, मौखिक वा अन्य माध्यमबाट सूचना माग गर्न सक्ने र सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकायले पारदर्शी रूपमा सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।

सूचनाको हकका लागि पोखरा महानगर सञ्जालका अनिल थापाले पुस्तकमा नागरिकको सूचनामा पहुँच, पारदर्शिता र जवाफदेहिता तथा सुशासनमा सबैको प्रतिबद्धताजस्ता विषय समेटिएको जानकारी दिए। साथै, कुन सूचना कुन निकायबाट र कसरी प्राप्त गर्न सकिन्छ भन्ने व्यावहारिक जानकारीसमेत पुस्तकमा समावेश गरिएको उनले बताए।

Chaka Panja

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सबै सार्वजनिक निकाय जिम्मेवार हुनुपर्ने बताए।

सूचनाको अधिकारले सार्वजनिक चासोका विषयमा नागरिकलाई प्रश्न गर्ने बाटो खोलिदिएको उल्लेख गर्दै उनले सम्बन्धित निकायबाट प्राप्त हुने जवाफले नागरिक र सार्वजनिक संस्थाबीचको दूरी कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले नागरिकले आफ्नो अधिकारप्रति सचेत हुँदै सार्वजनिक निकायसँग सूचना माग गर्ने अभ्यास बढाउनुपर्नेमा समेत जोड दिए।

पुस्तकले नागरिकलाई सूचनाको अधिकारबारे जानकारी गराउनुका साथै सार्वजनिक निकायलाई थप पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।

Leave A Reply

Your email address will not be published.