सुचना, समाचार र मनोरन्जन

बाहिरको ब्यानरमा कहिले जुर्ला सुहानालाई काम ?

काठमाडौ :

अभिनेत्री सुहाना थापालाई पहिलो फिल्म ‘ए मेरो हजुर ३’मा काम गर्दा धेरैले तारिफ गरेका थिए। उनले पहिलो फिल्मबाट नै प्रशंसा पाएकी सुहाना थापाले घरकै ब्यानर बाहेक अरुको काम गरेकी छैनन्।

Protin

उनले लगातार आमाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’को सिक्वेल हुँदै ‘एक भगवत् गीता’मा काम गरेकी छन्। आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको झरना निर्देशित फिल्म ‘एक भगवत् गीता’मा पनि उनी स्वयंको अभिनय छ। आमा निर्देशन गर्ने छोरी फिल्म खेल्ने गरेको कारण धेरैका चासोको विषय बनेको थियो।

घरकै व्यानरमा निर्मित फिल्ममा अभिनय गरेको आरोप लागेपछि सुहानाले बाहिरको ब्यानरमा कहिले काम गर्ने छिन् भन्ने प्रश्नमा  उनका पिता तथा निर्माता सुनिल कुमार थापाले २ वर्षपछिबाट अरुको काम गर्ने दाबी गरे। एनले सुहानाको पढाईका कारण अहिले अरुको ब्यानरमा काम गर्न सक्ने बताएका हुन्। सुहानाले अमेरिकामा जोर्ज मेसन यूनिभर्सिटीबाट मनोविज्ञान विषयमा ग्रयाजुएसन पूरा गरेकी छन्।

Leave A Reply

Your email address will not be published.