सुचना, समाचार र मनोरन्जन

डेरी क्षेत्रमा नवीन प्रविधि: सुजलको पनिर अब थर्मोफर्मिङ प्याकमा

काठमाडौं :

नेपाली डेरी उद्योगको एक प्रमुख नाम सुजल डेरीले आफ्नो उत्पादन ‘सफल फ्रेश पनिर’लाई अत्याधुनिक थर्मोफर्मिङ प्याकमा बजारमा ल्याएको छ। कम्पनीका अनुसार नेपालमै पहिलोपटक यस्तो प्रविधि अपनाइएको हो, जसले पनिरलाई अझ सफा, ताजा र मुलायम राख्न मद्दत गर्छ।

Chaka Panja

नयाँ प्याकिङ प्रविधिबाट पनिर एकै आकार र ढिक्कामा भ्याकुम प्याक गरिन्छ, जसले उत्पादनको स्वाद र पौष्टिकता सुरक्षित राख्ने कम्पनीको दाबी छ। थर्मोफर्मिङ प्याक पारदर्शी, बलियो र प्रयोगमा सहज भएकाले उपभोक्तालाई खरीद, भण्डारण र पकाउने प्रक्रियामा समेत सुविधा मिल्ने सुजल डेरीले जनाएको छ।

‘अझै Soft, अझै Fresh’ भन्ने नारासहित ल्याइएको सफल फ्रेश पनिर प्रोटिन, क्याल्सियम र भिटामिनले भरिपूर्ण रहेको बताइएको छ। गुणस्तर, स्वच्छता र स्वादमा निरन्तरता दिने लक्ष्यका साथ उत्पादन गरिएको यो पनिरले घर–घरको भान्सामा पोषण र स्वाद दुबैको सन्तुलन ल्याउने कम्पनीको विश्वास छ।

सफल फ्रेश पनिरबाट बटर पनिर मसाला, मटर पनिर, पनिर चिल्लीजस्ता लोकप्रिय व्यञ्जनहरू सजिलै बनाउन सकिने कम्पनीको भनाइ छ। सफल फ्रेश पनिर हाल सबै प्रमुख खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा उपलब्ध छ। २०० ग्रामको प्याकको मूल्य रु २०० र ५०० ग्रामको लागि रु ४८० निर्धारण गरिएको छ।

Leave A Reply

Your email address will not be published.