सुचना, समाचार र मनोरन्जन

‘सैयारा’ले तीन दिनमै भारु ८३ करोड कमाउँदै बलिउड डेब्यु फिल्मको कीर्तिमान तोड्यो

काठमाडौं :

यशराज फिल्म्सको ब्यानरमा निर्माण गरिएको बलिउड फिल्म ‘सैयारा’ ले रिलिजको पहिलो तीनमा भारु ८३ करोड नेट कमाई गर्दै नयाँ कीर्तिमान राखेको छ। भारतिय मिडिया टाइम्स् अफ इण्डियाका अनुसार फिल्मले सर्वाधिक कमाई गरेको हो।

Chaka Panja

भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार, फिल्मले १८ जुलाई २०२५ मा प्रदर्शनको पहिलो दिनमै ₹२१ करोड नेट कमाएको थियो। दोस्रो दिन ₹२६ करोड, र तेस्रो दिन आइतबार ₹३६ करोड कमाउँदै तीन दिनको कूल कमाइ ₹८३ करोड पुगेको हो।
यस फिल्ममा अभिनेता आहान पाण्डे र अभिनेत्री अनीत पड्डाको डेब्यु अभिनय रहेको छ। दर्शकले उनीहरुको अभिनयलाई रुचाई दिएका छन्।
मोहित सूरी निर्देशित फिल्मले डेब्यु कलाकारका साथ बलिउड बक्स अफिसमा यति उच्च व्यापार गरेको पहिलोपटक हो। समीक्षकहरूका अनुसार, फिल्मको सफलता यसको संगीत, कथा, निर्देशन र मुख्य कलाकारहरूको अभिनयसँग जोडिएको छ।

फिल्ममा युवापुस्ताको प्रेम, पारिवारिक सम्बन्ध र समसामयिक भावनात्मक पृष्ठभूमिलाई प्रस्तुत गरिएको छ। यो विषयवस्तुले दर्शकमाझ राम्रो प्रभाव पारेको र ‘वर्ड अफ माउथ’ प्रचारबाट फिल्मको व्यापार बढेको विश्लेषण गरिएको छ।

फिल्म व्यापार विश्लेषकहरूका अनुसार, ‘सैयारा’ २०२५ को सबैभन्दा सफल ओपनिङ वीकेंड फिल्ममध्ये एक बनेको हो। नयाँ कलाकारहरूको फिल्मले पुराना स्थापित स्टारहरूको प्रदर्शनसँग प्रतिस्पर्धा गर्न सक्ने आँकलन गरिएको छ।

Leave A Reply

Your email address will not be published.